प्युठानमा बसको ढोकाबाट खसेर एक महिलाको मृत्यु

प्युठान । प्युठानको ददेरीमा बसको ढोकाबाट खसेर एक महिलाको मृत्यु भएको छ । प्युठान र दाङको सिमानामा पर्ने सरुमारानी गाउँपालिका-२ स्थित ददेरीमा बसको ढोकाबाट खसेर घाइते भएकी ऎरावती गाउँपालिका-३,नौघाट की अन्दाजी २८ वर्षीय वसन्ता पाण्डेको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्युठानबाट दाङको भालुवाङ जाँदै गरेको लु १ ख ९४७४ नम्बरको बसमा सवार पाण्डे वोमिटिङ गर्ने क्रममा ढोकाबाट सडकमा खसेर दुर्घटना भएको प्रहरीले बताएको छ । घटना घटेको उक्त क्षेत्रमा केहिबेर यातायात आगमन अबरुद्ध भएको थियो । अहिले भने प्रहरीको पहलमा सडक अबरुद्ध खुलेको छ ।

मृतक पाण्डे प्युठानबाट दाङ माइती घर हिंडेको बुझिएको छ । दिउसो करीब साढे १२ बजे घटना भएको थियो । बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया