बहसमा स्रष्टापरक अध्ययन

काठमाडौं । ‘कला साहित्यमा निरन्तर बहस’ भन्ने उद्घोषका साथ ‘स्रष्टापरक अध्ययन, लेखकको मृत्यु र उत्तरआधुनिकता’ विषयमा बहस भएको छ । अखिल नेपाल लेखक संघ, केन्द्रीय समितिको आयोजनामा राजधानीस्थित पद्मोदय माध्यमिक विद्यालयमा भएको ‘बातलाबा’ कार्यक्रमको २२औं शृंखलामा कविता वाचनसमेत गरिएको छ । संघका अध्यक्ष डा. धनप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार प्रा.डा. राजनप्रसाद पोखरेल, जनसांस्कृतिक महासंघ, नेपालका केन्द्रीय सदस्य तेजविलास अधिकारी, अखिल नेपाल लेखक संघका उपाध्यक्ष तथा बातलाबा विभाग संयोजक स्वप्निल स्मृति, संघका सचिवद्वय डा. कौशिला रिसाल र जित अधिकारी, साहित्यकार पोषराज पौडेल, केशरी अम्गाई, संघका कोषाध्यक्ष प्रकाश तिवारी, संघका केन्द्रीय सचिवालय सदस्य तथा वागमती प्रदेश कमिटीका अध्यक्ष अगिव बनेपाली, शिक्षासेवी भोला ढकाल, दुर्गानारायण ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रगतिशील लेखक संघ (प्रलेस) नेपालका अध्यक्ष डा. मधुसूदन गिरीले ‘स्रष्टापरक अध्ययन, लेखकको मृत्यु र उत्तरआधुनिकता’ विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए भने सहप्राध्यापक भीम रेग्मीले कार्यपत्रमाथि टिप्पणीसहित पूरक धारणा राखे । संघका केन्द्रीय सदस्य सन्तोष सिम्खडाको सञ्चालनमा सम्पन्न कार्यक्रममा कविहरू शेखर अर्याल, सुशीला शर्मा, डिल्लीराम राई (नाकारा), दुर्लभ काइँला, सुमन पुडासैनी लगायतले कविता वाचन गरेका थिए । वाचित कवितामाथि कवि प्रगति राईले समीक्षात्मक टिप्पणी गरेकी थिइन् ।

कार्यक्रममा लेखक तथा समालोचक डा.अम्बिका अर्याल, लेखक तथा उपप्राध्यापक जीवन जीवन्त, पत्रकार धनबहादुर मगर, कवि मिसन अधिकारी, सञ्चारकर्मी विक्रम चेतनशील राई, लेखक तथा साहित्यकार पुरुषोत्तम रिजाल, सोनामसज्जन किराँती, दीप कुलुङ, संवाद बस्नेत लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया