स्याउ बोकेको ट्रक जुम्लाकाे बझाङेखोलामा दुर्घटना

जुम्ला । हिमा गाउँपालिका–१ आचार्य लिहीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधबार राति दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दुर्घटनामा मकवानपुर घर भएका चालक अविनाश लामाको मृत्यु भएको छ । त्यस्तै मकवानपुर नै घर भएका गाडीका सहचालक हरि न्यौपाने घाइते भएका छन् ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्यूलाबाट स्याउ लिएर सुर्खेत जादै गरेको ट्रक बझाङेखोलामा दुर्घटना भएको बताइएकाे छ । दुर्घटना भएको ट्रकमा सात सय कार्टुन स्याउ रहेको बताइएका छन् ।

प्रतिक्रिया