स्वतन्त्र उम्मेद्वारी दिने तयारीमा युवा अभियन्ता शाही

कालिकोट । समाजसेवी युवा जजराज शाहीले स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत शाहीले स्वतन्त्र उम्मेद्वारी दिने बताएका हुन् । सामाजिक न्यायकालागि उम्मेदवारी दिने बताएपनि कुन प्रदेश मा दिने वा संघमा दिने भन्ने यकिन भने भइसकेको छैन् । कालिकोटबाट प्रदेश सभा (क) वा संघमा नागरिकको प्रतिनिधित्व हुनेगरी स्वतन्त्र उम्मेद्वारी दिने उनले बताएका छन् ।

पूर्ण स्वतन्त्रता, लोकतान्त्रिक अभ्यासका साथै आम जिल्लाबासी नागरिक प्रतिको दायित्व बोध वा कर्तव्यबोधका लागि उम्मेद्वारीमा अगाडी बढिने शाहीले सामाजिक सञ्जालमा लेखेका छन् । विगत लामो सयमदेखि मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालका अध्यक्ष समेत रहेका शाही विभिन्न विपद् देखि विकास निर्माणका क्षेत्रमा काम गदै आएका छन् ।

२०७२ सालको भुकम्पमा पनि शाहीले देशका विभिन्न जिल्लाहरुमा राहत वितरणका काम सहित उद्धारका काम समेत गरेका थिए । कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा विगतका दिनदेखि हाल सम्म स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न विकास निर्माणका कामहरु गदै नागरिकहरुको हौसला समेत पाएका छन् ।

मंसिर ४ गते चुनाव लड्ने तयारी गरेको र आम नागरिकले विश्वास गर्ने शाहीले बताए । । विभिन्न पार्टीहरुले अनेकौ नारा लगाउदै विकास निर्माण गर्छौ भनेर एउटै विकास क्षेत्रलाई चुनावी भोट बैंकका हिसाबमा लिएकाले अब सबै नागरिकहरुले सोच्नु पर्ने बेला आएको उनको भनाई छ । समाजमा रहेका विभिन्न कुरीती कुसंस्कार न्युनिकरण देखि लिएर विकास निर्माणका क्षेत्रमा आफ्नो संस्थाले गरेको राम्रो कामका लागि नागरिकहरुले आफूलाई साथ दिने शाहीको भनाई छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया