रिलायन्स लाइफको रक्तदान कार्यक्रम

काठमाडौ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ । महामारीको समयमा रक्तदान कार्यक्रम आयोजना गरि रगत उपलब्ध गराउन सफल भएको र नेपाल रेडक्रस सोसाइटीको समेत भरपुर सहयोग भएकोमा रिलायन्स लाइफ इन्स्योरेन्सले गौरव महशुष गरेको जनाएको छ ।

यस महान कार्यबाट धेरै विरामीरुको ज्यान जानबाट सुरक्षित हुन मद्धत पुग्नेमा कम्पनी बिश्वस्त रहेको प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।
रक्तदान कार्यक्रममा १ सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । उक्त इन्स्योरेन्सको हाल देशभर १ सय २४ शाखा रहेका छन भने १ हजार ५ सय भन्दा बढी कर्मचारी रिलायन्स लाइफमा कार्यरत छन् । जीवन बीमा सम्बन्धी कुनैपनि जानकारीका लागि कम्पनीले सम्र्पक सेन्टर समेत स्थापना गरेको जनाएको छ ।

प्रतिक्रिया