डिम्याट खाता खोल्नेको संख्या ५४ लाख नाघ्यो

काठमाडाैं । पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ । सिडिएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ ।

मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सिडिएससीले जनाएको छ । सिडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सि–आस्बामा दर्ता भएका बैंकहरूको संख्या ५५ पुगेको छ ।

प्रतिक्रिया