कालिकामाई गाउँपालिकाले ल्यायो ४२ करोड ७३ लाखको बजेट

पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको ८औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ ।असार १० भित्रै हुनु पर्ने गाँउसभा साढे ३ महिना ढिलो गरि सम्म भएको हो ।
गाउँ सभाको तेस्रो बैठकबाट गाँउसभामा चालू आर्थिक वर्ष ०७९÷८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो ।

गाँउसभामा मा ०७९–८० को बजेट ४२ करोड ६६ लाख ४० हजार २ सय ९२ रुपैयाँ को अनुमानित बजेट गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत अमित गिरीले प्रस्तुत गरे ।

त्यसअघि गाँउसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ताले आफूहरुको ध्यान गाउँपालिकाको विकासमा केन्द्रीत रहेको बताए । उनले भने, ‘चुनावका बेला जनता सामु गरिएको प्रतिबद्धता पूरा गर्न अब एक जुट भएर विकासको काममा अगाडी बढ्ने समय आउको छ ।’ नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषिका साथै पर्यटन र भौतिक पूर्वाधार विकास प्राथमिकतामा रहेको उनले बताए । गाउँसभा वडाध्यक्षहरु, गाँउकार्यपालिका सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया