मुख्यमन्त्री पाण्डेद्वारा ठूलोभर्याङ यातायात कार्यालयको अनुगमन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजधानीस्थीत यातायात व्यवस्था सेवा कार्यालय ठूलोभर्याङकाे अनुगमन गरेका छन् ।

आज (बिहीबार) बिहानै मुख्यमन्त्री पाण्डे यातायात कार्यालयबाट हुने सेवा प्रवाहहरुको चुस्त र दुरुस्त कामकाज भए नभएको अनुगमन गर्नाका लागि ठूलो भर्याङस्थित यातायात कार्यालय पुगेका हुन् ।

कार्यालय खुल्नु अगावै पाण्डे कार्यालय पुग्दा कार्यालय प्रमुख सन्जय थापा भने कार्यालयमै व्यस्त थिए । कार्यालयको अनुगमनमा आएका मुख्यमन्त्री पाण्डेलाई कार्यालय प्रमुख थापाले कार्यालयबाट हुने सेवा प्रवाहको बारेमा ब्रीफिङ गराएका थिए ।

त्यस्तै मुख्यमन्त्री पाण्डेले पनि यातायात क्षेत्रमा अझै पनि बिकृती र बिसङ्गतीहरु कायम रहेकाले त्यस्ता कार्यहरु हुन नदिन र सर्वसाधारण जनताले चुस्त र दुरुस्त सेवा पाउनेगरी काम गर्न कार्यालय प्रमुख थापालाई निर्देशन दिएका छन् ।

पाण्डेले कार्यालय व्यवस्थापन र त्यहाँबाट हुने सेवा प्रणालीको समेत निरीक्षण गरेको मुख्यमन्त्री पाण्डेका स्वकीय सचिव रविन भुजेलले जानकारी दिए ।

प्रतिक्रिया