प्रकाश दास र मिरा गिरीको आवाजमा ‘बाँसको तामा’

काठमाडौं । लोकदोहोरी गायिका मिरा गिरी र गायक प्रकाश दासको युगल आवाजमा ‘बाँसको तामा’ बोलको गीत बजारमा आएको छ ।

विक्रमबाबु विशवकर्माको शब्द रचना रहेको उक्त गीतमा भिमसेन खतिवडाले संगीत भरेका छन् । नारायण दंगालले एरेन्ज गरेको गीतको भिडियो गायिका मिराको आफ्नै युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

केही दिनअघि युट्युबबाट बजारमा आएको सो भिडियोमा प्रविण थापाको निर्देशन रहेको छ भने नारायण उप्रेतीले खिचेका हुन् ।

उक्त भिडियोमा रिया खड्का, लोमश शर्मा, ओमराज थापा र मिरा गिरीको अभिनय देख्न सकिन्छ । भिडियोमा गायिका मिरा बेहुलीको भेषमा देखिएकी छन् ।

काठे भाकामा रहेको गीत केही फरकपन बनाएर गीत र भिडियो बजारमा ल्याएको मिराले बताइन् । मारुनी डिजिटल स्टुडीयोमा गीत रेकर्ड गरिएको हो । यसभन्दा अगाडि पनि धेरै चर्चीत कलाकारहरुसँग सहकार्य गर्दै गीत ल्याइराखेको उनले सुनाइन् ।

प्रतिक्रिया