बढेन प्रतिनिधि सभाको आयु

k|ltlglw;ef a}7s sf7df8f}, % h]7M k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf ah]6 lgdf{0f;DaGwL 5nkmndf ;xefuLx? . tl:a/ M /Tg >]i7÷ /f;;

काठमाडौं । सर्वत्र विरोधपछि प्रतिनिधि सभाको आायु नबढाईे केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित भएकोे छ । कानुन मन्त्री गोविन्द शर्मा कोइरालाले पेश गरेको प्रतिनिधि सभाको आयु बढाउने व्यवस्थालाई हटाउँदै विधेयक पारित भएको हो ।
मंगलवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ भने बहुमतले पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित भएको घोषणा गरका थिए ।

‘केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरियोस् भन्ने पक्षमा हुने मान्य सदस्यहरुले हुन्छ भन्नुहोस्, केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरियोस् भन्ने विपक्षमा हुनेहरुले हुन्न भन्नुहोस् । हुन्छ भन्ने पक्षका मान्य सदस्यहरुको बहुमत भएकोले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित भएको घोषणा गर्दछु,’ उनले भने ।

यो विधेयकको कार्यकालसम्बन्धी प्रस्तावमा कयौँ सांसदहरूले विरोध जनाउँदै संशोधन प्रस्ताव दर्ता गराएका थिए । कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले संशोधन प्रस्ताव स्वीकार गरे पनि अतिरञ्जित गरिएको भन्दै आपत्ति प्रकट गरे ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालबारे व्यवस्था गर्न खोजिएको बताएका थिए ।
उनले कार्यकालबारे अनावश्यक राजनीति गरिएको भन्दै कानुनी रिक्तता र अभाव परिपूर्ति गर्ने सोचसहित प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको प्रबन्ध गर्न खोजिएको जिकिर गरे ।

सरकारले पवित्र उद्देश्यका साथ विधेयक ल्याएको भए पनि फरक बुझाई रहेकाले संसदको कार्यकालको विषयलाई थप अघि नबढाउन प्रधानमन्त्रीबाटै निर्देशन आएको बताएका थिए ।

कोइरालाले संसदको कार्यकालबारे उल्लेखित दफाहरूलाई हटाउने प्रस्तावलाई सरकारले स्वीकार गरेको पनि जानकारी दिए । सांसदहरूले नयाँ निर्वाचन घोषणा भइसकेको अवस्थामा प्रतिनिधि सभाको कार्यकाल बढाउन नहुनेमा जोड दिएका थिए ।

संशोधन प्रस्ताव पेस गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नयाँ निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय नजिकिरहँदा संसद्को कार्यकाल बढाउन खोजिएकोमा आपत्ति प्रकट गरे । संसदको आयु बढाउन खोजिएपछि चर्को आलोचना भएको थियो । शीर्ष नेताको सहमति अनुसार कांग्रेस सांसदहरूले प्रस्तावित विधेयकमा कार्यकालबारे प्रस्तावित व्यवस्थालाई हटाउ संशोधन दर्ता गराएका थिए ।

प्रतिक्रिया