लमजुङ । नेकपा एमाले लमजुङले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि २५ जनाको नाम सिफारिस गरेको छ । जिल्लाको सदरमूकाम बेसिशहरमा शनिबार बसेको बैठकले २५ जनाको नाम सिफारिस गरेको हो ।
बैठकले प्रत्यक्षतर्फ जमिन्द्रमान घले र सुभाष पौडेललाई सिफारिस गरेको छ, भने समानुपातिकतर्फ टूकाभद्र हमाल, कल्पना थापा र प्रेमबहादुर दुरालाई सिफारिस गरेको छ । प्रदेश सभा (क) प्रत्यक्ष तर्फ धनाज्य दवाडी, राजकुमार विष्ट र जीतबाहादुर गूरुङलाई सिफारिस गरेको छ ।
बैठकले प्रदेश सभा (ख) प्रत्यक्षतर्फ नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशमा संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कृष्ण अधिकारी, प्रेमबहादु्र घले, मोहनहरी पौडेल, महेन्द्र्रलाल श्रेष्ठ, बमबहादुर थापा, फुलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रमहरी दवाडी, गणेश पाण्डे , लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुुजेल, लोका अधिकारी, राममाया थापा मगरलाई सिफारिस गरेको छ ।
लमजुङ
प्रतिक्रिया