कांग्रेस लमजुङबाट प्रतिनिधिसभाको लागि १२ जना सिफारिस

लमजुङ । नेपाली कांग्रेस लमजुङले प्रतिनिधिसभा निर्वाचनको लागि १२ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । प्रतिनिधिसभाको उम्मेदवारका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको हो ।

जिल्ला सभापति डा. टकराज गुरुङ, पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थबहादुर थापा, नेताहरू विष्णुप्रसाद धिताल, यमबहादुर गुरुङ र डा. बासुदेव गिरी सिफारिस भएका हुन् ।

यस्तै समानुपातिकतर्फ कोपिला विक, कृष्णमाया विक, तिरकाशी गुरुङ, शुभनाथ मिश्र र गर्जबहादुर गुरुङको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया