मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट प्रेस युनियनलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको बिरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले विरोध प्रर्दशन गरेको छ । आज राप्रपाले र्याली सहित उपमहानगरपालिका परिसर विरोध गरेको हो । नगरपालिकाले गत भदौ १५ गते सम्पन्न कार्यपालिका बैठकले प्रेस युनियनलाई श्रावण ६ र ७ गते हेटौँडामा भएको ९औँ राष्ट्रिय अधिवेशनमा भएको खर्च मध्ये १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णयको बिरोधमा प्रर्दशन गरेको जिल्ला नेता ज्ञानु ढुंगेलले बताए ।
जनताको करबाट विकस निर्माणका खर्च गर्नुपर्ने रकम कुनै पार्टीको भातृ संगठनको अधिवेशनलाई खर्च दिनु गैरजिम्मेवार काम भएको भन्दै आफुहरुले विरोध कार्यक्रमको आयोजना गरेको राप्रपा मकवानपुरका उपाध्यक्ष सागर थापाले बताए ।
‘पालिकाले गरेको उक्त निर्णय सञ्चाउनु पर्छ, यदि नसच्याए जे पनि हुन सक्नेछ’ राप्रपा मकवानपुरका सहसचिव लक्ष्मण सापकोटा भने । उनले भ्रष्ट्रचार विरुद्ध राप्रपा आगो भएर उत्रने बताए । कमिसन र भ्रष्ट्राचारले जनतालाई निकै समस्यामा पारेको भन्दै सापकोटाले अब राप्रपा शुसासनको लागि सधै जनताको साथमा रहने बताए ।
मकवानपुर
प्रतिक्रिया