गोरखा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा एकीकृत समाजवादीको गोरखाबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । सिफारिस भएका नामहरु प्रदेश कमिटिले पनि जस्ताको त्यस्तै अनुमोदन गरेर केन्द्रमा पठाएको छ ।
जिल्ला अध्यक्ष यादव बहादुर बस्नेतका अनुसार प्रतितिधि सभा क्षेत्र नम्बर १ मा केन्द्रीय सल्लाहकार रजम्दिन ममया, केन्द्रीय सल्लाहकार कृष्णमान श्रेष्ठ, जिल्ला उपाध्यक्ष टेकराज भट्ट र सम्पर्क कमिटी सदस्य शर्मिला वन्तको नाम सिफारिस भएको छ । त्यस्तै, प्रतितिधि सभा क्षेत्र नम्बर २ बाट केन्द्रीय अनुशासन आयोग सदश्य बिश्शेस्वोर कट्टेल, केन्द्रीय परिषद सदश्य बिकलकुमार श्रेष्ठ, जिल्ला सचिवालय सदश्य तथा युवा इन्चार्ज रेखा तामाङ र जिल्ला उप–सचिव अमृत कालाखेतीको नाम सिफारिस भएको छ ।
प्रदेश अन्तरगत क्षेत्र न १ को (क) मा एकजनाको मात्र ना सिफारिस भएको छ । जसमा जिल्ला अध्यक्ष यादव बहादुर बस्नतेको नाम सिफारिस गरिएको छ ।
क्षेत्र न १ को प्रदेश (ख) मा बविता अर्याल, नाराणय ध्वज खड्का, प्रदिप सिंह क्षेत्री र अन्जन भट्टको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ प्रदेश (क) मा जुद्धविलास भण्डारी, सानुमाया बस्नेत, कल्पना कुँवरको नाम सिरफारिस गरिएको छ । प्रदेश (ख) मा टिक सारु मगर, किसान श्रेष्ठ, शकुन्तला खत्री, विश्वज्योति बानिया र डिलबहादुर गुरुङको नाम सिफारिस गरिएको छ ।
प्रतिक्रिया