टीभीएसद्वारा धनगढीमा एओजी राइड

काठमाडौ । टीभीएसले धनगढी क्षेत्रमा ग्राहक लक्षित आपाचे ओनर ग्रुप (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रालि.देखि स्टेट ७ होटल गोदावरी सम्म आयोजित उक्त राइड अन्तर्गत ४० जना राइडरले आफ्नो सहभागिता जनाएका थिए ।

कार्यक्रम अन्तर्गत राइडमा युटुवर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटिकर लोकेश ठकुरी लगायतको सहभागीता थियो । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टिभिएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए ।

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मनपराएको पाइएको छ । यो कार्यक्रम आगामी समय वाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको पनि उल्लेख छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १३२ भन्दा बढी डिलर रहेको छ ।

प्रतिक्रिया