सिजिनेट जोडी अफर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सिजि नेटले स्काईकमसँगको सहकार्यमा बहुप्रतिक्षित आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपूर मनोरञ्जन दिलाउने उद्धेश्यले कम्पनीले आइतबारदेखि सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो ।

यो सेवा सञ्चालनमा आएसँगै अव ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् । आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् भने ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । तीमध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानल लगायतका च्यानलहरू हुनेछन् । यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सिजिनेटले आफ्ना ग्राहकहरूका लागि न्युन शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा शुरु गरेको हो ।

प्रतिक्रिया