राष्ट्रिय बाणिज्य बैंक बझाङ शाखाबाट हराएको ९८ हजार रुपैया फिर्ता

बझाङ । राष्ट्रिय बाणिज्य बैंक बझाङ शाखाबाट गायब भएको भनिएको ९८ हजार रुपैया फिर्ता भएकोछ । भोजपुर जिल्ला घर भई बझाङको सदरमुकाम चैनपुर बस्दै आएका साङ्गे शेर्पाको खातामा बिहिवार ९८ हजार रुपैया जम्मा भएको हो । गत साउन ३१ गते आप्नो खातामाजम्माभएको रुपैयाँ निकाल्न खोज्दा बैंकका कर्मचारीले तपाईको खातामा रकम छैन जानुहोस भनेपछी आफ्नो रुपैया गायब भएको भन्ने थाहा पाएपछी खोजी गरीदिन आग्रह गरेका थिए ।

कसरी गाएब भएको थियो रकम ?
साङ्गे शेर्पाले गतवर्ष मंसिर २८ गते चेक पुरानो भएपछि बैंकमा नयाँ चेक लिन गएको र आफु त्यती पढेलेखेको नभएकाकारण बैंकका कर्मचारीहरुले भने जस्तै गरे पुरानो चेक कामन लाग्ने भन्दै पुरानो चेक त्यही छोडेको र नयाँ चेक लिएर गएका थिए ।

आठ महिना पछी पुरानो चेकबाट भुक्त्तानी
गतमंसिर २८ गते नयाँ चेक बनाएर लिएको भए पनि त्यसको आठ महिना पछी पुरानो चेकवाट अनिल रोकायाको नामवाट भुक्तानी भएको देखीए पनि कसले निकालेको निकालेका थिए । यसबारे बैंकमा बुझ्दा बैंकका सुचना अधिकारी बिशनदेव जोशीले फोन उठाएनन् ।

प्रतिक्रिया