हजुरआमामाथि कुटपिट भइरहेको भिडिओ खिच्ने नाती सम्मानित

धनगढी । अछाममा आफ्नो हजुरआमामाथि कुटपिट भइरहेको भिडियो खिच्ने नातीलाई सम्मान गरिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय अछामले एक कार्यक्रमकाबीच पञ्चदेवल विनायक नगरपालिका–६ बान्नी की ५३ वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडिओ खिच्ने जैसराका ११ वर्षीय नाती दीपेन्द्र न्यौपानेलाई सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सम्मान पत्र प्रदान गरी सम्मान गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी नारायण डाँगीले जानकारी दिए ।

उनले भने ती बालकले रोक्न नसके पनि घर भित्र लुकेर रहेका हिंसाका घटनालाई भिडियो खिचेर बाहिर ल्याई घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनमा महत्वपूर्ण योगदान पु¥याएको र यस्ले हिंसा नियन्त्रण गर्न सहयोग पुर्याएकोले निज बालकलाई सम्मान गरिएको हो ।

उनका अनुसार जैसरालाई लछारपछार गरी शारीरीक तथा मानसिक रुपमा अपमानजनक र अमानवीय ब्यबहार गर्ने कार्यमा संलग्न बुहार र देउरानी दुबै महिलालाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रियामा अघि बढाइको छ । कुटपिटको घटना भदौ ७ गतेको भएको र ८ गते बाहिर आएको उनले बताए ।

प्रतिक्रिया