बझाङमा खेलाडी छनोट सुरु

बझाङ । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने भन्ने मुल नाराका साथ बझाङ जिल्लामा खेलाडी छनोट कार्य सुरु भएको छ ।

बिहीबार (आज) एक कार्यक्रमकाबीच नवौँ राष्ट्रिय खेलकुदका लागि बझाङ जिल्लाबाट खेलाडी छनोट प्रकृया सुरु भएको जिल्ला खेलकुद समितीका अध्यक्ष पुष्पलाल रोकायाले बताए ।

खेलाडी छनोट कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले जिल्लामा खेलाडीहरुका लागि खेलमैदान नहुँदा खेलमा सिकाउन मात्र नभई खेलाडी छनोट गर्नसमेत समस्या हुने गरेको र कहिले सरकारी स्कुलमा त कहिले किसानका खेत भाडामा लिएर छनोट गर्नुपर्ने बाध्यता रहेको बताए ।

कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले गरेका थिए । उक्त कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, उपप्रमुख रतन सिह, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, प्रहरी नायब उपरीक्षक जागेस्वर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

बझाङ जिल्लाबाट भलिबल , क्रिकेट, ब्याटमिन्टन, फुटबल, ह्यानन्डबल, टेबलटेनिस, बक्सिङ, तेक्वान्दो, फुलकन्टयाक्ट पौडी, खो खो, एथलेटिक्सलगायत १८ विधाका खेलमा खेलाडीलाई छनोट गरिने भएको छ ।

प्रतिक्रिया