कर्णाली प्रदेशस्तरिय खुल्ला भलिबल प्रतियोगिता असोज १० मा

कालिकोट । कर्णाली प्रदेशस्तरिय खुल्ला भलिबल प्रतियोगिता असोज १० गते हुने भएको छ । कर्णाली प्रदेशकै अहिलेसम्म ठूलो पुरस्कार राशि यश प्रतियोगितामा रहेको छ । लिंगासैनी युथ क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।

‘खेलकुद, पर्यटन, संस्कृति विकासका लागि, विकास समाजका लागि’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेशस्तरिय खुल्ला भलिबल प्रतियोगिता असोज १० गते सुरु हुने आयोजक कमिटीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

१० गते प्रतियोगिताको उद्घाटन गरेर १३ गतेसम्म सञ्चालन हुनेछ । लिंगासैनी युथ क्लवका अध्यक्ष हिक्मतजंग मल्लले पत्रकार सम्मेलनमा यो प्रतियोगितामा कर्णाली प्रदेशकै ठूलो पुरस्कार राशि रहेको बताए । मल्लले प्रदेशस्तरिय खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई रु २ लाख २२ हजार २ सय २२ र द्वितीय हुनेलाई १ लाख ११ हजार १ सय ११ पुरस्कार राशिसहित ट्रफि र मेडलको व्यवस्था रहेको बताए ।

कोरोना महामारीको समयमा पनि लिंगासैनी युथ क्लवले राहत वितरणका कामदेखि स्वास्थ सामग्री समेत वितरण गरेको थियो । विभिन्न सामाजिक कार्यमा संलग्न रहेको लिंगासैनी युथ क्लवले २०७६ सालमा पनि प्रदेशस्तरिय खुल्ला भलिबल प्रतियोगिता गराएको थियो ।

कर्णाली प्रदेशका १० वटा जिल्लाहरुबाट खेलाडीहरु उपस्थित हुने छन् । कोरोनाका कारण २ वर्ष यता प्रतियोगिताहरु सञ्चालन गर्न नसेको क्लवले यस पटक प्रदेशस्तरिय खुल्ला भलिबल प्रतियोगिता गर्न लागेको हो ।

प्रदेशमै अहिलेसम्मको ठूलो पुरस्कार राशि रहेको उक्त प्रतियोगिता सञ्चालनका लागि केही चुनौती देखिय पनि बिगतका दिन झै यस पटक प्रतियोगिता शान्तिपूर्ण र भब्य तरिकाले सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक महेश भारतीले बताए । ८–९ वटा भन्दा बढी प्रतियोगिता लिंगासैनी युथ क्लवले कालिकोटमा सञ्चालन गरेको छ ।

आयोजकको टिमबाट खेलाएको खेलाडीलाई प्रोत्साहन स्वरुप पारिश्रमिक दिने निर्णय समेत यस क्लवले गरेको छ । विगतका दिनमा खेलाडीलाई खान र बासको ब्यवस्था हुने गरेको थियो भने यस पटक जिते पनि हारे पनि खेलाडीलाई पारिश्रमिक स्वरुप केही रकम उपलब्ध गराउने अध्यक्ष मल्ले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया