महाकाली नदीमा बालिका बेपत्ता

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलो बुबाको घरमा गएका बेला दिदीसँगै नुहाउने क्रममा डुबेर बालिका नदीमा बेपत्ता भएकी हुन् ।

प्रहरी निरीक्षक भरत गिरीले बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको जानकारी दिए । ‘बालिकाको खोजीमा सुरक्षाकर्मी र स्थानीय पनि खटिएका छन्’, उनले भने ।

प्रतिक्रिया