लमजुङका भुमिहीनलाई लालपूर्जा लिन सुचना आह्वान

लमजुङ । लमजुङ जिल्लामा पनि राष्ट्रिय भुमि आयोगले जिल्लाभित्र रहेका भुमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ । लमजुङमा मात्रै नभईकन देशभरका भुमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन र स्थायी रुपले बसोबास गराउन लालपूर्जा दिन लागेको हो ।

गण्डकी प्रदेश अन्र्तगत पर्ने लमजुङ जिल्लाको बेसिशहर नगरपालिका भित्र सुन्दरबजार नगरपालिका, राइनस नगरपालिका रहेका छन् भने गाउँपालिकातर्फ मस्र्याङदी गाउँपालिका र दोदी गाउँपालिकामा भुमिहीन दलित तथा सुकुम्बासीको लगत संकलन भइ सकेको राष्ट्रिय भुमि आयोग लमजुङका अध्यक्ष दामदोर अधिकारीले बताए । उनकाअनुसार जिल्लामा बाँकि रहेको अन्य नगरपालिका जस्तै बेंसिशहर नगरपालिका, मध्य नेपाल नगरपालिकाको लगत संकलन उठाउन बाँकी छ ।

यस्तै गाउँपालिका र्तफ क्वहोलासोथर गाउपालिका र दुधपोखरी गाउपालिकाको लगत संकलन उठाउन बाँकी भएकाले भुमिहीन दलित तथा सुकुम्बासीकालागि निबेदन दिन बेसिशहर नगरपालिकाले ३५ दिने सुचना प्रकाशन् गरेको हो ।

प्रतिक्रिया