कैलालीका दुईवटा ठाउँमा शंकास्पद वस्तु फेला

धनगढी । कैलालीका दुईवटा ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । मंगलबार बिहान जिल्लाको गोदावरी नगरपालिका– १ अत्तरिया चोकस्थित धनगढी जाने बाटो नजिक सेतो प्लाष्टिकले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यसैगरी गोदावरी नगरपालिका–६ हरैया आवास नगरको गेट नजिक प्रेसर कुकर जस्तो देखिने संकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । अहिले नेपाली सेनाको बम डिस्पोजल टिम सम्बन्धित स्थानमा पुगिसकेको उनले बताए ।

मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गरेको छ । बन्दको प्रभावले यातायात नचलेको, स्कुल बन्द रहेको, बजार आंशिक खुला रहेको र अटो, मोटरसाइकल भने चलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया