बैतडीकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

बैतडी । बैतडीको दुर्गम सिगास गाउँपालिकाकी गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सुत्केरी व्यथा लागेर आईतबार थलाकाडा स्वास्थ्य चौकीमा पुगेकी धामी सुत्केरी हुन नसकेपछि सोमबार नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज रेफर गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमखु योगेश प्रशाद भट्टले जानकारी दिए ।

आईतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि नेपालगञ्ज लगिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उनलाई हेलिकप्टर मार्फत रेफर गरिएको प्रमुख भट्टले बताए ।

प्रतिक्रिया