कामी, दमै, सार्की, गाइने शुद्र होइनन्, ब्राह्मण हुन्

डा. मिठाराम विश्वकर्मा

तल गुरुकुलमा पढाइने विषयको सूची दिइएको छ, आफँै छुट्टाउनुहोस् को ? कुन विषयमा पारंगत भएर विशेषज्ञता हासिल गरे होलान् । गुरुकुल शिक्षाको रामायण काललाई नै लिने हो भने पनि नौ हजार वर्ष मान्न सकिन्छ । हामी विषयवस्तुको हलुंगो अध्ययनमा अल्झिनुभन्दा गहन अध्ययन गर्नुपर्छजस्तो मलाई लाग्छ । कसैले मनुवादको तर्क तेर्साउँछ भने त्यो गलत हुनेछ किनभने मनुवाद आफँैमा सामन्तवादको प्रतीक हो । जो व्यक्ति वेदमा उल्लिखित तपसिलको विद्याका पारंगत हुन्छन् उनीहरू शुद्र हुन् कि ब्राह्मण ? भन्ने कुरा छुट्याउन सक्नुपर्छ ।

कामी, दमै, सार्की, गाइने शुद्र होइनन् तथापि शुद्र हुन् भनेर हल्ला गरिन्छ । दलित हुन्, किनभने दलित शब्दको अर्थ दमित अर्थात् दबाइएको भन्ने हुन्छ । खास गरी यी जातका मानिस वैज्ञानिक हुन्, जसलाई रसायन र धातु विज्ञानको ज्ञान कामीमा थियो । वस्त्र विज्ञानको ज्ञान दमैमा थियो । चर्म विज्ञानको ज्ञान सार्कीमा थियोे । शास्त्रीय संगीतको ज्ञान गाइनेमा थियो । कुनै समय यिनीहरू विज्ञानको ज्ञानमा अग्र स्थानमा थिए ।

पुष्पक विमानजस्तो उच्च प्रविधिको विमान विश्वकर्माले बनाएका थिए भने वेदकालीन समयभन्दा अगाडि नै खगोल नापन यन्त्र विश्वकर्माले बनाइसकेका थिए । खासगरी वेदमा विश्वकर्मा र गन्धर्वको उच्च महिमा छ, वेदको एक शाखा नै गन्धर्ववेद रहेको छ । अब कहाँबाट आयो यिनीहरू शुद्र भन्ने कुरा ! यिनीहरू सिल्पी पनि होइनन्, सिल्पी भन्ने शब्दले साँगुरो अर्थ दिन्छ ।

खासगरी आज हामीले सार्की भनिने जात चमर सूर्यवंशीय क्षेत्रीय थिए । गाइने राजाको दरबारमा मनोरञ्जन दिने गन्धर्व थिए, जसलाई गन्धर्व देव पनि भनिन्थ्यो । सुचिकार आजको भाषामा भन्ने हो भने फेसन डिजानर थिए । कामी धातु विज्ञान, रसायन विज्ञान रत्न विज्ञानका ज्ञाता थिए जसलाई विश्वकर्मा भनिन्थ्यो । सुचिकार, चर्मकार, गन्धर्व र विश्वकर्मा कुनै जाति विशेष नभएर पद थियो जसले नयाँ नयाँ आविष्कार गर्दथे । जसलाई अछुत भन्ने त प्रश्न नै आउँदैनथ्यो ।

कुनै समुदायले निश्चित वर्गको हैसियत कायम गरिसकेपछि दमनको नीति लागू हुन्छ, यही नीतिअनुसार उनीहरूलाई दमन गरियो र समाजमा तल्लो स्तरमा राखियो, दलित बनाइयो । दलितलाई अन्ततः कसरी अछुत बनाइयो, यो एक गहन अध्ययन अनुसन्धानको विषय त आपैmँमा छ । पहिला दमन गरियो, त्यसपछि अछुत ।

मलाई एउटा नेपालको दरबारमा काम गर्ने सुनारले भने दरबारमा सुनार, सुचिकार, चर्मकार, गन्धर्व रहन्छन् । खासगरी त्यहाँ त्यस्तो विभेद थिएन । सुनारले रत्न बनाउँदा राजा, महारानी, युवराज र युवराज्ञीहरूसँग नाप लिन आवश्यक अंगमा छुनै पर्ने हुन्छ । यस्तै सुचिकार, चर्मकारले पनि । गन्धर्वले त दरबारको पटांगिनीमा बसेर मनोरञ्जन दिनुपर्छ । राजा सिकार खेल्न जाँदा यी चारै वर्गलाई लिएर जान्थे, ताकि आवश्यकता अनुसारको काम गर्नुपथ्र्याे । सिकारको छाला कुसलताका साथ निकाल्ने काम चर्मकारले मात्र गर्न सक्छ, सिकारीलाई सिकारको भन्दा छालाको महत्व बढी हुन्छ । यस विषयमा उनले मलाई मुखभरीको जवाफ दिएका छन् ।

मेरो मसिनो अध्ययनले पनि के निष्कर्ष निकाल्छ भने विश्वकर्मा, चर्मकार, सुचिकार, गन्धर्व आर्य नै थिए, द्रविड होइनन् । यद्यपि केही तर्कधारीले यिनीहरू द्रविड हुन भन्ने तर्क पेस गर्दछन् । तर यिनीहरू विज्ञानको खोजमा लागी परिरहने विशेष वर्ग थियो । कहिलेकाहीँ मलाई लाग्छ कतै हामीले हाम्रो पुस्ताप्रति गौरव गर्न त जानेनाँै !

तल गुरुकुलमा पढाइने विषयको सूची दिइएको छ, आफँै छुट्टाउनुहोस् को ? कुन विषयमा पारंगत भएर विशेषज्ञता हासिल गरे होलान् । गुरुकुल शिक्षाको रामायण काललाई नै लिने हो भने पनि नौ हजार वर्ष मान्न सकिन्छ । हामी विषयवस्तुको हलुंगो अध्ययनमा अल्झिनुभन्दा गहन अध्ययन गर्नुपर्छ जस्तो मलाई लाग्छ । कसैले मनुवादको तर्क तेर्साउँछ भने त्यो गलत हुनेछ किनभने मनुवाद आपैmँमा सामन्तवादको प्रतीक हो ।

जो व्यक्ति वेदमा उल्लिखित तपसिलको विद्याका पारंगत हुन्छन् उनीहरू शुद्र हुन् कि ब्राह्मण ? भन्ने कुरा छुट्याउन सक्नुपर्छ ।

(१) अग्नि विद्या, (२) वायु विद्या, (३) जल विद्या, (४) अंतरिक्ष विद्या, (५) पृथ्वी विद्या, (६) सूर्य विद्या, (७) चन्द्र लोक विद्या, (८) मेघ विद्या, (९) पदार्थ विद्युत् विद्या, (१०) सौर ऊर्जा विद्या, (११) दिन रात्रि विद्या, (१२) सृष्टि विद्या, (१३) खगोल विद्या, (१४) भूगोल विद्या, (१५) काल विद्या, (१६) भूगर्भ विद्या, (१७) रत्न व धातु विद्या, (१८) आकर्षण विद्या, (१९) प्रकाश विद्या, (२०) तार विद्या, (२१) विमान विद्या, (२२) जलयान विद्या, (२३) अग्नेय अस्त्र विद्या, (२४) जीव जन्तु विज्ञान विद्या, (२५) यज्ञ विद्या ।

यो कुरा त वैज्ञानिक विद्याको भयो, अब रह्यो कुरा व्यावसायिक र तकनीकी विद्याको ।

(१) वाणिज्य, (२) कृषि, (३) पशुपालन, (४) पक्षिपालन, (५) पशु प्रशिक्षण, (६) यान यन्त्रकार, (७) रथकार, (८) रतन्कार, (९) सुवर्णकार, (१०) वस्त्रकार, (११) कुम्भकार, (१२) लोहकार, (१३) तक्षक, (१४) रंगसाज, (१५) खटवाकर, (१६) रज्जुकर, (१७) वास्तुकार, (१८) पाकविद्या, (१९) सारथ्य, (२०) नदी प्रबन्धक, (२१) सुचिकार, (२२) गौशाला प्रबन्धक, (२३) उद्यान पाल, (२४) वनपाल, (२५) नापित ।

६४ कलाको पूर्ण सूची

(१) गायन, (२) वादन, (३) नर्तन, (४) नाट्य, (५) चित्रकारी, (६) टीकाटाला, (७) चामलको दानाले फूलबुट्टा बनाउनु, (८) पुष्प शृंगार, (९) अङ्गराग बुकुवा, (१०) गृह सज्जा, (११) शयन रचना, (१२) जलतरंग, (१२) पचका हान्नु, (१३) चित्रायोग उमेरका वा अवस्था परिवर्तन गर्नु, (१४) माला गाँस्नु, (१५) कपालमा फूल सजाउनु, (१६) पोसाक फेर्नु, (१७) ढुङ्ग्री, काँटा लगाउनु, (१८) अत्तर लगाउनु, (१९) गहना पहिरनु (२०) चटक गर्नु ।
(२१) रूप रचना, (२२) हातले चाँडो चाँडो हल्का काम गर्नु, (२३) खाना पकाउनु, (२४) सर्वत आदि बनाउनु, (२५) सिलाइ, (२६) धागो, बत्ती कात्नु, (२७) सितार, तबला बजाउनु, (२८) गाउँखाने कथा, कविता, कथा भन्नु, (२९) अन्त्याक्षरी श्लोक पढ्न सक्नु, (३०) कठिन पदको अर्थ गर्न सक्नु, (३१) पुस्तक वाचन गर्न सक्नु, (३३) नाट्यकला, (३४) समस्या पूर्ति गर्नु, (३५) मेच, कुर्सी बनाउनु, (३६) काठको मर्मत काम, (३७) सिकर्मी काम, (३८) वास्तु कर्म, (३९) सुन, चाँदीको काम, ४० धातुकर्म ।

(४१) हीरा आदि जुहारती काम, (४२) खनिजविद्या, (४३) बगैँचा बनाउने, (४५) चरा, भेँडा लडाउने, (४६) सुगा, मैना पढाउने, (४७) तेल मालिस गर्ने, (४८) सांकेतिक शब्द वा अक्षरमा कुरा गर्ने, (४९) विदेशी भाषा ज्ञान, (४४) देशी अन्य भाषा ज्ञान, (४५) प्राकृतिक लक्षणबाट शुभ–अशुभ जान्नु, (४६) जन्तरमन्तर जान्नु, (४७) रक्षाबुटी बाँध्ने काम, ४८ अर्काले पढेको सुनेर त्यस्तै पढ्नु, (४९) कविता, काव्य रचना, (५०) शब्दकोष, छन्द र लयको ज्ञान, (५१) क्रियाको प्रभाव बदल्न जान्नु, (५१) ठगी वा एयारी गर्नु (गुप्तचरी) (५२) लत्ताकपडाको हिफाजत गर्नु, (५३) जुवा, (५४( पाशा, बुद्धिचाल आदि, (५५) बाल खेल जान्नु, (५६) नम्रता, शिष्टाचार, (५७) हात्ती, घोडा सजाउनु, (५८) लडाइँ, कुस्ती, कसरत आदि जान्नु, (५९) पाशा, बुद्धिचाल जान्नु, (६०) बाल खेल जान्नु, (६१) नम्रता, शिष्टाचार, (६३) हात्ती, घोडा सजाउनु र (६४) लडाइँ, कुस्ती, कसरत आदि जान्नु ।


(वेदका ज्ञाता डा.विश्वकर्माको फेसबुकबाट)

प्रतिक्रिया