शिक्षकलाई पहिलोपटक एकीकृत पाठयक्रम सम्बन्धि तालिम

कालिकोट । तिलागुफानगरपालिका र शुभकालिका गाउँपालिकाका २५ जनाशिक्षकहरुलाई एकिकृत पाठ्यक्रममा आधारित (टिपिडी) तालिम दिइएको छ । तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा रहेका प्रावितहका कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकलाई तालिम दिएको हो ।

आधारभूत तह कक्षा १ देखि ३ सम्म अंग्रेजी, गणित, नेपाली र हाम्रो सेरोफेरो तथा स्थानीय तहमा बनेको पाठयक्रमसहित ५ वटा विषयहरुलाई एकीकृत रुपमा कसरी शिक्षण गराउने, पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षाको निर्देशिकालाई एकीकृत गरी गुणस्तरिय शिक्षा प्रदा नगर्ने तालिमको मुख्य उद्देश्य रहेको सेभ द चिल्ड्रेनको सहयोगमा किर्डाक नेपालद्वमरा सञ्चालित सहयात्रा परियोजना संयोजक तथा प्रशिक्षक कृपराज जोशीले बताए ।

तालिमले शिक्षकलाई नयाँ पाठ्यक्रम कसरी पढाउने भन्ने जानकारी हुनेछ । उनका अनुसार पाठ्यक्रम,विद्यार्थी कार्यपुस्तक र शिक्षक निर्देशिकाको अन्तर सम्बन्ध तथाप्रयोगका बारेमा सहभागिहरु स्पष्ट भएका छन् । गुणस्तरिय शिक्षा लिन र दिनका लागि आवश्यकता पर्ने विभिन्न ज्ञान–सिपहरु तालिममा सिकाइएको प्रशिक्षक जोशीले बताए ।

तालिमका अर्का प्रशिक्षक बलिराम चौधरीले एकीकृत पाठ्यक्रम संरचना, विशेषता, राष्ट्रिय उद्देश्य, तहगत सक्षमता, विषयगत सिकाई उपलब्धी तथा अवधारणा २०७६ सम्बन्धि सहजिकरण गरिएको बताए ।

उनका अनुसार अंग्रेजी, गणित, नेपाली र हाम्रो सेरोफेरो तथा स्थानीयतहमा बनेको पाठ्यक्रमसहित ५ वटा विषयहरुमाथि शिक्षक तथा विद्यार्थीहरुलाई सहजता हुने किसीमको वातावरण बोलीचालीसहित समुदाय स्तरमा गुणस्तरिय शिक्षा प्रदान गराउनकै लागि तालिम दिएको र तालिमका सहभागिहरुले सिप हासिल गरेका छन् ।

दस्तावेजिकरण, प्रतिवेदन अधिकृत सवि राईले आधारभुत तह (कक्षा १ देखि ३) को एकीकृत पाठ्यक्रम, सन्दर्भ सामग्री बहुविषयक र अन्तर विषयक एकिकरणका बारेमा तालिम दिनु उपलब्धीमुलक रहेको बताइन् । तालिममा दिएका विभिन्न विषय बस्तुहरुको महत्व तेतिकै छ ।

तर पनि शिक्षकहरुलाई पहिलो पटक एकीकृत पाठ्यक्रममा आधारित शिक्षक तालिम दिँदा सहभागी शिक्षकहरुले ठूलो उपलब्धी हासिल गरेको राईले बताइन् ।

किर्डाक नेपाल कालिकोटको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालित सहयात्रा परियोजना (दोस्रो) को समन्वयमा तालिम दिइएको हो । किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेले कालिकोट जिल्लाको अहिले समस्या भनकै सिकाई उपलब्धि रहेको हुँदा एकीकृत पाठ्यक्रममा आधारित तालिमले केही सुधार हुने बताए ।

शिक्षा विकास तथा समन्वय ईकाईका अधिकृत प्रकाशचन्द धितालले शिक्षा क्षेत्रमा कालिकोट जिल्लामा सिकाईको लागि पहिलो संस्था किर्डाक रहेको बताए । बालबालिकाको मनोविज्ञान बुझेर पठनपाठन गर्न कुनै पनि तालिम नभएको भन्दै धितालले
एकीकृत पाठ्यक्रम के हो भन्ने कुरा थाहा नभएको हुँदा स्थानीय शिक्षकहरुमा समस्या रहेको बताए ।

उनले खासगरी हामी आफैबाट सुधार गर्न पर्ने बताए । सहभागी शिक्षक सरपलाल बोहोरा दुर्गा मावि रताडाबाट सहभागी भएका हुन । उनले शैक्षिक सत्रको सुरुमा यस्ता तालिम हुनुपर्ने शिक्षकको क्षमता विकास गर्न यस्ता तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । पहिलाका अनुभव त थिए तर, यो तालिममा केही नयाँ कुरा सिकेको उनले बताए ।

बोहोराले विद्यालयमा जाँदा, प्रस्तुत हुँदा कक्षा कोठा जानु अगाडि योजना बनायर कक्षामा जाने ,उचित सामग्रीसहित कक्षा कोठामा उपस्थिति हुने भन्दै परम्परागत रुपमा विद्यालय जाने चलन, पढाउने तरिकाभन्दा अब फरकपन आउने दाबी गरे । प्रत्येक विद्यालयका शिक्षकलाई यो तालिम दिनु आवश्यक रहेको उनले बताए ।

कालिका आधारभुत विद्यालय तिलागुफा नगरपालिका– ११ की कल्पना शाहीले १० दिनको तालिममा धेरैकुरा सिकेको बताईन् । उनले भनिन्, ‘परम्परागत शैलिबाट पुरानै पाठ्यक्रम अनुसार पढाउँदै आएका थियौँ, नयाँ पाठ्यक्रम आईसकेपछि यस्ताखाले तालिम लिएका थियनौँ, यस पटकको तालिमले पहिलाभन्दा अहिले धेरै कुराको ज्ञान लिएका छौँ ।’ तालिममा सहभागी २५ जना शिक्षकहरुले नै महत्त्वपूर्ण तालिम रहेको बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया