पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफ स्वदेश फर्किँदै

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सेप्टेम्बरमा स्वदेश फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल (एन) का एक अधिकारीले यस्तो जानकारी दिएका हुन् ।

जिओ न्युजका अनुसार पीएमएल–एन पञ्जाब प्रवक्ता तथा संघीय मन्त्री जाभेद लातिफले स्वदेश फर्किएपछि उनलाई जेल चलान नगर्ने बताएका छन् ।

‘डाक्टरहरू ले समयसँगै आफ्नो विचार परिवर्तन गर्छन्, जनता उनका डाक्टरहरू हुन्, राष्ट्रले नवाज शरीफ फिर्ता आउनुपर्ने निर्णयको घोषणा गरेको छ’, लतिफलाई उद्धृत गरिएको थियो ।

प्रतिक्रिया