तीन जनामाथि एसिड प्रहार गर्दा २२ लिटर एसिडसहित पक्राउ

सल्यान । तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत तीन जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई करिव २२ लिटर एसिडसहित पक्राउ गरेको हो । तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगञ्जतर्फ पठाइएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया