जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य बिमा

कालिकोट । बिगत लामो सयमदेखि कालिकोटमा काम गर्दै आएका सब ईन्जिनियर कम्मरबहादुर बमले निःशुल्क स्वास्थ्य बिमा गराएका छन् । जन्मदिनको अवसरमा उनले अति विपन्न गरिब परिवारका दुई जनाको स्वास्थ्य बिमा गराएका हुन् ।

नेपाल निजामती कर्मचारी संगठन कालिकोटका सहसचिव समेत रहेका बमले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा आर्थिक अवस्था एवं कमजोर भएका खाँडाचक्र नगरपालिका– ३ निवासी धनसिंह पाण्डे र कुश्मा पाण्डेको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका हुन् ।

जन्मदिनमा फजुल हुने खर्चलाई अति विपन्न पाण्डे परिवारको स्वास्थ्य बिमामा लगानि गरिदिएको उनले बताए । सब इन्जिनियर बमले मंगलबार पाण्डेलाई नयाँ लुगासहित बिमा गरेर समाजलाई सकरात्मक सन्देशसँगै उदाहरणीय कामको सुरुवात गरेका हुन् ।

बमले भने, ‘हामी जन्मदिन होस् वा अन्य खुशीका कार्यक्रमहरूमा फजुल खर्च गर्ने चलन बढेको छ ।’ यस्ताखाले खर्चलाई सानो भए पनि समानता मुखि समाज निर्माण गर्न यस्तो कामको सुरूवात गरेको उनले बताए । अब बिमित धनसिंह पाण्डे र कुश्मा पाण्डेलाई ब्यथा बिमार भएमा निःशुल्क उपचार पाउने भएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया