महिला क्रिकेटले ओडीआई राष्ट्रको मान्यता पाउने

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आगामी वर्षसम्ममा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने सम्भावना देखिएको छ । नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले आईसीसीबाट नेपालको महिला टोलीलाई एकदिवसीय मान्यता दिने संकेत आफुले पाएको बताए ।

आगामी वर्ष केही नयाँ राष्ट्रलाई एकदिवसीय मान्यता दिने आईसीसीको तयारी भएकाले गत जुलाईमा बसेको आईसीसीको बोर्ड बैठकमा आफुले कुरा राखेको र नेपालले मान्यता पाउने संकेत आफुले पाएको मल्लले जानकारी दिए ।

‘मैले नेपाली महिला क्रिकेट भन्दा धेरै पछाडि रहेको देशहरुलाई मान्यता किन दिईयो भनेर आईसीसीका सीईओलाई जिज्ञासा राख्दा आफुहरुबाट गल्ति भएको बताए,’ मल्लले भने ।

आगामी वर्ष नयाँ राष्ट्रलाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता दिदा नेपाल आईसीसीको पहिलो प्राथमिकतामा रहने मल्लले बताए । आईसीसीले यस वर्ष दरल्याण्ड्स,थाईल्याण्ड,पपुवा न्यु गिनी,स्कटल्याण्ड तथा अमेरिकालाई एकदिवसीय अन्तराष्ट्रियको मान्यता दिएको थियो ।

प्रतिक्रिया