मधेस प्रदेश सरकारको नौटंकी, काम कम प्रचार बढी

जनकपुरधाम । चरम भ्रष्टाचारबाट नाम कमाउन सफल मधेस प्रदेश सरकारले अर्को नौटंकी सुरु गरेको छ । प्रहरी समायोजनको मुद्दालाई लिएर मधेस प्रदेश सरकारले आफनो कार्यकालको अन्तिम समयमा आफनै गठबन्धनको सरकारविरुद्ध धर्ना बसेर जनतालाई प्रत्यक्षरूपमा ठगी गर्ने कार्य सुरु गरेको छ । कुनै बेला ज्वाइन्ट सरकार बनाएका लोसपालाई बेइमानी गरेर सरकारबाट हटाई गठबन्धनको सरकार वनाएका मधेस प्रदेश सरकारले आफ्नो कार्यकालमा मधेस प्रदेशमा याद गर्ने लायक कुनै पनि कार्य गर्न सकेको छैन । साढे चार वर्ष चुप रहेका मधेस प्रदेश सरकार निर्वाचन हुन तीन महिना मात्र बाँकी रहेको समयमा मधेस प्रदेश सरकारले केन्द्रसरकारविरुद्ध हल्लाबोल सुरु गरेको छ । जबकि केन्द्रमा पनि सोही गठबन्धनको सरकार रहेको छ । चुनावको समयमा यो कस्तो आन्दोलन हो र यसले कतिको सार्थकता पाउला भनेर प्रश्न गर्दा मुख्यमन्त्री लालबाबु राउतले संघीयतामा प्रदेशले पाएको हकअधिकारको सार्थकताका लागि आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

उसो त प्रमुख प्रतिपक्षी दल लोसपाको समर्थनमा नै धर्नामा बसिएको भनेर मुख्यमन्त्री लालबाबु राउतले दाबी गरे पनि लोसपाका नेता तथा प्रदेशसभा सदस्य परमेश्वर साहले धर्नालाई नौटंकीको संज्ञा दिएका छन । धर्नामा बसेको कुरा हामीले पनि थाहा पायौँ तर यस विषयमा कुनै सरसल्लाह नगरिएको साहले भने, चुनाव घोषणा भइसकेको समयमा धर्नामा बस्नु भनेको जनतालाई भ्रममा पार्नुसरह नै रहेको अरू केही नरहेको भनेर टिप्पणी गरे ।

यता तमलोपाका अधयक्ष वृषेशचन्द्र लालले प्रहरी समायोजन हुनुपर्ने र यो प्रदेश सरकारको अधिकारको विषय हो तर चुनाव घोषणा भइसकेको समयमा धर्नामा बस्नु भनेको बेतुकको कुरा रहेको वताए । उनले संघीय सरकार र प्रदेश सरकार दुवै सोही घटक दलको रहेपछि कसको विरुद्धमा कसले धर्ना दिँदै छ त्यो कुरा बुझ्नुपर्ने हो, यो हास्यास्पद मात्रै नरही नौटंकी पनि हो ।

मुख्यमन्त्री लालबाबु राउतले संघीयता बचाउनका लागि आन्दोलन गर्न वाध्य भएको सन्दर्भमा अध्यक्ष लालले भने संघीयताको सवालमा म्ुख्यमन्त्री राउत अलिकति पनि इमानदार भएको भए अहिले आएर जो कोहीले पनि संघीयताप्रति सवाल उठाउँदैनथ्यो । यता सांसद परमेश्वर साहले मुख्यमन्त्री राउत संघीयताप्रति कहिले पनि जिम्मेवार नदेखिएको बताए । यदि अलिकति पनि नैतिकता रहन्थ्यो भने भ्रष्टाचार भएको सावित भएपछि राजीनामा दिनुपर्ने हो तर त्यस्तो भएन ।

मधेस भवन क्षेत्रलाई निषेधित क्षेत्र तोकेर आन्दोलन धर्ना गर्नबाट निषेध लगाइए पनि मधेस प्रदेश सरकारलाई आफ्नै सो नियमलाई धज्जिया उडाएको दखिएको छ । उनीहरूले नियम विपरीत मधेस प्रदेशप्रमुखको कार्यालय कम्पाउन्डमा धर्ना कार्यक्रमको सुरु गरेको छ । यता विगत २७ दिनदेखि रिले अनसनमा वस्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानको माग र आन्दोलनप्रति प्रदेश सरकारको ध्यान पुग्न सकेको छैन ।

चुरे वनजंगल संरक्षण, प्रदेश सरकारले प्रतिवद्धता गरेको छानविन समितिको प्रतिवेदन र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा प्रदान गर्नुपर्ने भन्दै जनकपुरधामको जनकचौकमा विगत २७ दिनदेखि रिले अनसनमा बस्दै आएको छ । अभियानीहरूले ध्यानाकर्षण गराउनका लागि विभिन्न दबाबमूलक कार्यक्रमहरू गरे पनि प्रदेश सरकारले अहिलेसम्म चासो पनि लिएको छैन तर चुनावको तयारी गर्नुपर्ने समयमा प्रदेश सरकारले आपैmँ धर्नामा बस्ने कार्यक्रम गरेको छ ।

गैरकानुनी तवरले प्रदेश प्रमुखको कार्यालय कम्पाउन्डमा स्टेज नै बनाएर धर्नामा विगत दुई दिनदेखि बस्दै आएको छ ।
यता आफैँले निषेधित गरेको क्षेत्रमा आर्फैले धर्ना दिनु कतिको जायज रहेको भन्दै प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहसँग प्रश्न गर्दा मन्त्री साह जंगिए । उनले रिसाउँदै मधेसका पत्रकारहरूले संघीयता नै बर्बाद बनाउने किसिमको कार्य गरिरहेको भन्दै आफ्नो रिस व्यक्त गर्न भ्याए ।

प्रतिक्रिया