जसपा निकट युवा संघको राष्ट्रिय भेलामा पर्साबाट उत्साहजनक सहभागिता हुनेछ : नेता साह

बिरगंज । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघको राष्ट्रिय भेला जनकपुरमा हुने भएको छ । यहीं साउन ३१ र भदौ १ मा हुने भेलालाइ जसपा अध्यक्ष उपेन्द्र यादवले उदघाटन गर्ने कार्यक्रम छ । जसपाले समाजवादी युवा संघको राष्ट्रिय भेला जनकपुरधाममा गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय भेलाबाट केन्द्रीय समिति पुनर्गठन, पार्टीको नितिगत मार्गदर्शन स्वीकार्य, बिधान संसोधनलगायतका काम गरिने बताइएको छ । भेला आयोजना गर्न कार्यलय व्यवस्थापन मुल आयोजक समिति लगायत विभिन्न उपसमितिहरु गठन गरिएका थिए।

राष्ट्रिय भेला मुल आयोजक समितिको संयोजकमा केन्द्र अध्यक्ष एवं मधेस प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको संयोजकत्वमा १ सय ३५ जना सदस्य रहेका छन् ।

भेलामा पर्साबाट उत्साहजनक सहभागिता हुने प्रदेश सदस्य तथा प्रचारप्रसार उप–समितिको सदस्य शिव कुमार साहले बताए ।

प्रतिक्रिया