पछिल्लाे ८८८ जनामा कोरोना पुष्टि, १ काे मृत्यु

काठमाडौं । पछिल्लाे २४ घण्टा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर विधिबाट ५ हजार ७३७ जनाको नमूना परीक्षण गर्दा सोमबार ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ३ हजार १५५ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, २ हजार ५८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४६१ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ । थप ८८८ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ पुगेको छ। २४ घण्टाको अवधिमा ४७४ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको विवरण प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९८९ पुगेको छ।

प्रतिक्रिया