अभियान लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सोमबार सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको शेयर बाँडफाँट भएको हो ।

कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म नौ लाख १३ हजार ७५० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो । कम्पनीको आईपीओ खरिदका लागि कुल १९ लाख ८० हजार ९७० जना आवेदकबाट २ करोड १९ लाख १२ हजार ६७० कित्ताका लागि आवेदन परेको थियो । कुअभियान लघुवित्तको आईपीओ बाँडफाँट, रिजल्ट कसरी हेर्ने ? ल आवेदकहरूमध्ये २ हजार ३७६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको बिक्री प्रबन्धकले जनाकारी दिएको छ ।

रितपूर्वक आवेदन दिएका १९ लाख ७८ हजार ५९४ जना आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँट गरिएको छ । यस बाँडफाँटमा ९१ हजार ३७५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । आईपीओको रिजल्ट सीडीएससीले आईपीओ नतिजा हेर्नका लागि नै विकास गरेको वेवसाइट, मेरो सेयरको एप्लिकेसन, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेवसाइट र सेयर निष्कासनकर्ता कम्पनी अभियान लघुवित्तको वेवसाइटबाट हेर्न सकिनेछ ।

प्रतिक्रिया