विमानस्थलमा गोली चल्यो

क्यानबेरा । अस्ट्रेलियाको राजधानी शहर क्यानबेरा विमानस्थलको टर्मिनल भवनभित्र गोली चलाउने एक बन्दुकधारीलाई प्रहरीले पक्राउ गरिएको छ । आइतबार दिउँसो भएको उक्त गोलीकाण्डपछि एक जनालाई नियन्त्रणमा लिएको र एउटा बन्दुक बरामद गरिएको क्यानबेरा प्रहरीले जनाएको छ ।

गोलीकाण्डमा कोही पनि घाइते नभएको पनि प्रहरीले जनाएको छ । गोली प्रहार गरेपछि विमानस्थलका केही भागमा आवतजावत निषेध गरिएको थियो भने केही क्षेत्र खाली गराइएको थियो । विमानहरु पनि ग्राउन्डेड गरिएका थिए ।

‘एक जनालाई कारागार चलान गरिएको छ र एक जनालाई हिरासतमा लिई एक थान भरुवा बन्दुक बरामद गरिएको छ,’ स्थानीय प्रहरीले भनेको छ । घटनाको थप अनुशन्धान भइरहेको जानकारी पनि प्रहरीले दिएको छ ।
यसैबीच, जेरुसेलमको पुरानो सहरमा एक बन्दुकधारीले बसमा गोली चलाउँदा सात जना घाइते भएका छन् । गोली लागेर घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । इजरायलको आपतकालीन चिकित्सा सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले घटनालाई ‘पुरानो सहरमा भएको आतंककारी आक्रमण’ भनको छ । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एक शंकास्पदलाई प्रहरीले पक्राउ गरेको छ । ‘अतिवादी हाम्रो नियन्त्रणमा छन्,’ प्रहरी प्रवक्ता कान इली लेभीले भनेका छन् ।

यसैबीच, युक्रेन र मस्कोले एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन् । उक्त आणविक प्लान्टमा गत साता बारम्बार गोलाबारी गरिएको थियो । जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो ।
प्लान्टलाई गत मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ । उक्त प्लान्टमा सयौ सेना तैनाथ गरेको र हतियार भन्डारण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ । ‘इनरगोदारको सडकमा आफ्नो उपस्थिति सीमित गर्नुहोस । रुसी अतिक्रमणकारीको नयाँ उत्तेजनाबारेमा जानकारी प्राप्त गरेका छौं’, युक्रेनको आणविक एजेन्सी एनरगोआटमले भनेको छ ।

रुसले भने युक्रेनले आफुमाथि लगाएको आरोपको खण्डन गर्दै आएको छ । युक्रेन आफैले आणविक केन्द्रमा आक्रमण गरेर आफुहरुमाथि आरोप लगाएको रुसको दाबी छ । आणविक केन्द्रमा आक्रमणको समाचार सार्वजनिक भएपछि विश्वसमूदाय पनि चिन्तित बनेको छ ।

प्रतिक्रिया