जीप दूर्घटनामा तीनको मृत्यु

दाङ । प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका—५ सानो डाम्री निवासी चार वर्षीया करुणा बुढामगर र २५ दिनकी चेतना बुढामगर र २५ वर्षीय लुकेश थापा रहेका छन् ।

उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई रिफर गरिएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका—६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएकोमा तीन जनाको ज्यान गएको हो ।

प्रतिक्रिया