सामसुङका उत्तराधिकारी लिलाई माफी

सोल । सन् २०१७ मा घुस लिएको र आर्थिक अनियमितता गरेको अभियोग लगाइएका विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनी सामसुङका उत्तराधिकारी लि जाय–योंगलाई विशेष राष्ट्रपतीय क्षमादान दिइएको छ । दक्षिण कोरियाका सबैभन्दा शक्तिशाली अपराधीहरूमध्ये एक मानिएका लिलाई एकजना पूर्वराष्ट्रपतिलाई घुस दिएको अभियोगमा दुई पटक कारागार चलान गरिइसकेको छ ।

दक्षिण कोरियाली सरकारले कोरोना महामारीको उत्तरार्धमा आर्थिक उपलब्धि पुनः प्राप्तिका लागि मुलुककै सबैभन्दा ठूलो व्यापारिक कम्पनीका उत्तराधिकारी लिलाई क्षमादान दिने कदम उठाइएको सफाइ दिएको छ । यसै घटनाको सिलसिलामा छ वर्ष अघि राजधानी सोलमा भएको भएको विशाल जनप्रदर्शनपछि अन्ततः तत्कालीन राष्ट्रपति सत्ताबाट बाहिरिनु परेको थियो ।

सन् २०१३ देखि २०१७ सम्म राष्ट्रपति रहेकी पार्क गेयुन ह्येलाई कारागार पुर्याउने प्रमुख भ्रष्टाचार काण्डसँग लिको अपराधको प्रत्यक्ष सरोकार रहेको थियो । ‘सामसुङको युवराज’ उपनामले पनि चिनिने लिले आफ्नो व्यापारिक स्वार्थपूर्तिको उद्देश्यले तत्कालीन राष्ट्रपति पार्क र उनकी एक सहयोगीलाई ८० लाख अमेरिकी डलर घुस दिएको बताइएको थियो । सो काण्ड सार्वजनिक हुनासाथ लाखौँ कोरियाली जनता विरोध प्रदर्शनका लागि सडकमा ओर्लेका थिए ।

प्रतिक्रिया