बिराटनगर र इटहरीमा महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो

काठमाडौ । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलरको सेवा बिराटनगर र इटहरीमा सुरु गरेको छ । यो भन्दा अघि चितवन, हेटौडा, धनगढी, जनकपुरमा यो सेवा सुरु भैसकेको छ । सो अवसरमा बिराटनगर महानगरपालिका उप–प्रमुख शिल्पा निराला कार्की , बिराटनगर महा–नगरपालिका वडा नं ४ का अध्यक्ष जितेन थापा, मोरग अटोमोवाइल डिलर एसोसेसनका प्रतिनिधि, उद्योग संगठन मोरगका प्रतिनिधी, ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधि, मोरंग ब्यापार संघका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ ।

महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । अग्नि इनर्जीको पिपलबोट बिराटनगर र इटहरीका लागि बिक्रेता रोयल अटो ईन्टरप्राइजेसका प्रबन्ध निर्देशक किरण भट्टराईका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने छ ।

प्रतिक्रिया