हिमालयन र सिभिल बैंकको मर्जरलाई राष्ट्र बैंकको स्वीकृति

काठमाडाैं । हिमालयन बैंक र सिभिल बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको बुधार बसेको सञ्चालक समिति बैठकले मर्जरको लागि स्वीकृति प्रदान गरेको हो ।

हिमालयन बैंक र सिभिल बैंकले गत असार २९ गते मर्जर सम्झौता गरेका थिए । सम्झौतापत्रअनुसार सञ्चालक समितिका अध्यक्ष हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका सीईओ अशोक राणा हुनेछन् ।

१००ः८१ को सेयर अनुपातमा हिमालयन र सिभिल बैंकबीच मर्जर हुन लागेको हो । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । मर्जर प्रक्रिया पुस महिना अगाडि नै सक्याउने गरी दुई बैंकले तयारी गरेका छन् ।

प्रतिक्रिया