अमेरिकाको इन्डियाना राज्यमा विष्फोट : ३ जनाको मृत्यु, ३९ घर क्षतिग्रस्त

एजेन्सी । अमेरिकाको इन्डियाना राज्यमा भएको विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ३९ घर क्षतिग्रस्त भएका छन् । इभान्सभिलमा भएको घटनामा अन्य घरहरु आंशिक र पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

घटनास्थलमा विभिन्न सुरक्षा निकायका अधिकारीहरु पुगेका छन् भने स्थानीयहरुलाई उक्त क्षेत्रबाट टाढा बस्न भनिएको छ । विष्फोट झण्डै १ सय फुटको परिधिमा भएको जनाइएको छ ।

के कारणले विष्फोट भएको हो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन । स्थानीय समय अनुसार दिउँसो १ बजेभन्दा पहिले विष्फोट भएको जनाइएको छ । प्रहरीले नजिकका सडकहरु बन्द गरेको छ । घटनामा तीनजना घाइते भएको बताइए पनि थप विवरण आएको छैन ।

विष्फोटका कारण उक्त क्षेत्रमा विद्युत आपूर्तिमा समेत अवरोध उत्पन्न भएको थियो । दिउँसो ३ बजेसम्म १६२ घरमा विद्युत आपूर्तिमा अवरोध थियो भने त्यो अगाडि १ हजारसम्म घरमा अवरोध आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया