बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा फेला

बझाङ । बझाङको बुङ्गल नगरपालिकामा एकै घरका तीन जना झुन्डिएको अवस्थामा फेला परेका छन् ।

बुधबार जिल्लाको बुङ्गल नगरपालिका– ९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

अवस्थीका अनुसार २२ वर्षीया गीता पार्की, उनका पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएको हो । उनिहरु के कति कारणले झुन्डिएको भन्नेबारे अनुसन्धान भइरहेको बताउनु भयो ।

गीता पार्कीका श्रीमान् गए राति मात्र भारतबाट घर आएको स्थानीयको भनाइ छ । सोही राति घटना भएको बताइएको छ । पारिवारिक विवादले सो घटना घटेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया