ई–सेवाबाट सेयर रकम भुक्तानी सुविधा

काठमाडौं । सेयर खरिद–बिक्री गर्ने व्यक्तिहरूले ब्रोकरको टिएमएसमार्फत सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । खरिद गरेको सेयरको रकम ई–सेवाबाटै भुक्तानी गर्न सक्ने भएका छन । हाल यो सेवा ३५ वटाभन्दा बढी ब्रोकरहरूमा उपलब्ध रहेको बताइएको छ भने केही दिनमै बाँकी ब्रोकरहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । ई–सेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क नलाग्ने बताइएको छ ।

लगानीकर्ताहरूले आफ्नो मोबाइलमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् भने नजिकको ई–सेवाका जोन पोइन्टमार्फत समेत रकम भुक्तानी गर्न सक्नेछन । यसका लागि लगानीकर्ताले ई–सेवामा रहेको टिएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा जानुपर्ने र त्यसपछि कोलाटरोल (आफूले तिर्ने रकम) उल्लेख गरी पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सक्नेछन । ई–सेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६० लाखभन्दा बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ ।

ई–सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ । इसेवाका लगानीकर्ताले इसेवामा रहेको टिएमएसमा क्लिक गरि फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ ।

त्यसपछि कोलाटरोल (आफुले तिर्ने रकम) उल्लेख गरि पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया