पर्साको लखनपुरका एसईई उर्तिण विद्यार्थीलाई सम्मान

पर्सा । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा ६ लखनपुरका ३.२ जिपीए ल्याएका खुसराज यादव सहित २६ जना एसईई २०७८ उर्तिण बिद्यार्थीहरुलाई सम्मान गरिएकाे छ । उनीहरूलाई पुरस्कार स्वरूप डायरी, कलम वितरण गरि अबिर टीका र खदा लगाएर सम्मान गरिएकाे हाे । शिक्षा क्षेत्रमा लखनपुर कमजोर रहेको कारण बिद्यार्थीहरु बिचैमा कक्षा छोडि बिना सीप रोजगार तथा बिदेश तिर लागने र उच्च शिक्षामा ध्यानाकर्षण नहुने भएकोले लखनपुरमा पहिलो पटक सम्मान कार्यक्रममा अभिभावक एवं बिद्यार्थीहरुलाई होसला बुलन्द गरि उच्च शिक्षा तिर केन्द्रित हुन आग्रह गरिएको जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहले बताए ।

श्रीदेबीमाई आधारभुत बिधालयलखनपुरमा श्री जनजागरण युवा कल्बको आर्थिक सहयोगमा सखुवा प्रसौनी गाउँपालिका वडा नं.६ लखनपुरका वडा अध्यक्ष मुन्ना राउत कमकरको अध्यक्षता एवं गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे

। कार्यक्रममा कृषि अनुषनधान निर्देशनालय मधेसका निर्देशक डा. बिशेषवर यादव, पूर्व गाउँपालिका अध्यक्ष प्रदिप जैसवाल, जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साह, प्रअ भरत गिरी, दिनेश साह, प्लस२ संयोजक रामबहादुर यादव, स्थानीय सिकेन्द्र सहनी, मेघनाथ साह कानु जगदेव राम, शिक्षक फिरोज आलम लगायत अभिभावक एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया