बाणिज्य बैंकको निक्षेप ९५ अर्ब रुपैयाले घट्यो

काठमाडौं । साउन महिनाको तीन साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ९५ अर्ब रुपैयाँले घटेको छ । निक्षेप संगै कर्जा लगानी पनि ९ अर्ब रुपैयाले घटेको छ । असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन साउन ६ सम्म आइपुग्दा ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो ।


त्यस्तै साउन १३ सम्म आइपुग्दा बैंकको निक्षेप थप २८ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो । साउन २० सम्म आइपुग्दा ४ अर्बले घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँ रहेको हो ।

यो अवधिमा बैंकको कर्जा लगानी ९ अर्बले घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा लगानी साउन ६ सम्म आइपुग्दा १० अर्बले घटेर ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो । साउन १३ सम्म आइपुग्दा १ अर्बले घटेर ४१ खर्ब ६४ अर्ब रहेको थियो ।

यो संगै साउन २० सम्म आइपुग्दा भने २ अर्ब कर्जा प्रवाह भएको छ । बैंकको कर्जा प्रवाह २ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब पुगेको छ । साउन २० सम्म बैंकहरुको सिडी रेसियो ८७.६९ प्रतिशत रहेको पनि बैकर्स एसोसियसनले जनाएको छ ।

प्रतिक्रिया