धौलागिरि लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको तीन लाख नौ हजार २९५ कित्ता आईपीओका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा मागबमोजिम आवेदन नपरे आउँदो भदौ ७ गतेसम्म आवेदनका लागि समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक आवेदकले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया