
ललितपुर । ललितपुरको महालक्ष्मीस्थानमा अविरल वर्षाका कारण सडक भासिएको छ । महालक्ष्मी नगरपालिका–३, महालक्ष्मीस्थानमा सोमबार सडक भासिँदा ठूलो दुर्घटना टरेको छ ।
सडक भासिएपछि त्यसको छेउमा रहेको फर्निचर, क्याफे, किराना पसलसमेत जोखिममा परेको छ । सडकसँग जोडिएको भित्ता बलियो नभएकाले सडक भासिँदा भित्ता र माटो फर्निचरतर्फ खसेको थियो ।
सडक भासिँदा फर्निचरभित्र ६ जना थिए । बाहिरबाट ठूलो आवाज आएपछि उनीहरु भागेर निस्किएका थिए । फर्निचरमा गाडिएका चार वटा फलामका संरचनाले भासिएको भित्ता र माटोलाई थामेर राखेपछि ठूलो क्षति हुनबाट जोगिएको फर्निचर संचालकले बताएका छन् ।
तीमध्ये केही फलाम बांगिएका छन्, जसले सडक भासिँदा परेको दबाबको अवस्था स्पष्ट देखाउँछ ।– तस्विर नेपाल फोटो लाइब्रेरी












प्रतिक्रिया