युवानेता साहद्वारा भक्तजनलाई जलपान वितरण

पर्सा । जनता समाजवदी पार्टी नेपालका युवानेता शिवकुमार साहले पटेर्वा सुगौली गाउँपालिका– १ सोनबर्सामा श्री १०८ श्री दुधेश्वेरनाथ महादेव भाथाधामका भक्तजनलाई जलपान वितरण गरेका छ्न् ।

दूधेश्वेरनाथ महादेवको मन्दिर आरक्षभित्र जंगलमा भएको कारण सो क्षेत्रमा खाद्यान्न सामग्री एवं पानीको ब्यवस्थापन नभएको तथा घामको मध्यनजर गर्दै पानी, सर्वत, फ्रुटी, चाना र भुजा जलपानको ब्यवस्थापन गरिएको युवा नेता साहले बताए ।

आफू समाजिक सेवाका नियमित विभिन्न कामहरु गरेको जस्तै कोरोना कालमा राहत वितरण, गरिब असहायलाई आर्थिक सहयोग, रक्तदान, बृक्षारोपण, कुलो सरसफाइ, विद्युत् पोल जडान, बाटो मर्मतलगायत विभिन्न सहयोग गरेको र भविष्यमा पनि गरिरहने प्रतिबद्ध जनाए ।

जनता समाजवदी पार्टी नेपाल क्षेत्र नं।३ को आयोजनामा भएको कार्यक्रममा केन्द्रिय सदस्य फिरोज मन्सुर, प्रदेश सदस्य दिपक यादव, सखुवा प्रसौनी गाउँपालिका पुर्वअध्यक्ष प्रदिप जैसवाल, उपाध्यक्ष शर्मिला विष्ट, शिक्षक नेता भरत गिरि, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, युवा नेता रमेश साह, गौरीशंकर मन्डल, बोद्रोदिन मिया लगायतका स्थानीय नागरिक, सुरक्षा निकाय एवं स्थानीय नेता कार्यकर्ताहरुको कार्यक्रममा सहभागिता थियो ।

प्रतिक्रिया