गाजा हिंसामा २४ जनाको मृत्यु

गाजा सिटी । गाजा क्षेत्रमा चर्किएको हिंसामा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । गाजा स्ट्रिपमा भएको इजरायली आक्रमणमा उनीहरु मारिएका हुन् । मृत्यु हुनेमा ६ जना बालबालिका पनि रहेको बताइएको छ । इजरायलले प्यालेस्टिनी अतिवादीविरुद्ध बमबारी विस्तार गरेको जनाएको छ । गत शुक्रबारदेखि इजरायलमा करिब तीन सय प्यालेस्टिनी रकेट र मोर्टार प्रहार गरिएको इजरायली अधिकारीहरुले बताएका छन् ।

सन् २०२१ को मे महिनामा भएको ११ दिन लामो द्वन्द्वमा पनि दुई सयभन्दा बढी प्यालेस्टाइनी र एक दर्जन इजरायलीको मृत्यु भएको थियो । उक्त घटनापछि इजरायल र प्यालेस्टाइनबीच भएको यो पछिल्लो गम्भीर हिंसाको घटना हो । प्यालेस्टिनीहरूको मृत्यु र दुई सय तीन जना घाइते हुने गरी भएका पछिल्ला हमलामा इजरायली आक्रमण दोषी रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले घटनाको सम्पूर्ण जिम्मेबारी इजरायलले लिनुपर्ने बताएको छ ।

प्रतिक्रिया