बालाजुमा महिलालाई लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं । बालाजुको सडकमा हिँडिरहेकी एक महिलामाथि लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट गरेको आरोपमा प्रहरीले रामेछापको उमाकुण्ड गाउँपालिका– ३ घर भई हाल टोखा– ३ मा बस्‍दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका– ३ बस्ने १९ वर्षीय अमिर महर्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूले साउन २० गते मनमैजु र बानियाँटारबाट पनि लुटपाट गरेको प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट खुकुरी १ थान, मोबाइल २ थान, लागूऔषध गाँजाको धुलो ५५१ ग्राम, बा ६३प ९४६५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई कानूनी कारबाहीको लागि प्रहरी वृत बालाजु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया