८२ जना बालबालिकालाई शैक्षिक सामग्री

काठमाडौं । ८२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले कुन्चिप्वाकल माध्यमिक विधालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको बताइएको छ ।

तारकेश्वर नगरपालिका– १ स्थित कुन्चिप्वाकल माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ८२ जना बालबालिकाहरुलाई प्रतिष्ठान तथा मिलिजुली परिवारद्वार ८२ जोर छालाका जुत्ता, ८२ जोर मोजा, ८२ थान झोला र कपी तथा सिसाकलम वितरण गरिएको कार्यक्रम संयोजक रामचन्द्र अधिकारीले बताए ।

कुन्चिप्वाकल माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष विदुर सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर तामाङ, प्रधानाअध्यापक राजु नेपाल, इन्जिनियर दिपु अधिकारी, समाजसेवी निम्मी थापा र मिलिजुली परिवारका अध्यक्ष राजन कँडेलसहित मिलिजुली परिवारका सदस्यहरुको उपस्थित रहेको बताइएको छ ।

वडाध्यक्ष विदुर सापकोटाले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली परिवरले शैक्षिक क्षेत्रमा गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।

साथै, शैक्षि सामग्री वितरण कार्यक्रममा मिलिजुली परिवारका अध्यक्ष राजन कँडेलले उक्त विद्यालयमा गरिएको सामग्री वितरणमा सहयोग गर्ने कोशेली छालाजुत्ता उद्योगका सञ्चालक रविन कुमर श्रेष्ठ, गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारकी संरक्षक रारा सैंजु, परिवारकी वरिष्ठ सल्लाहकार अमृता भट्टराई, सुनचादी ब्याबसायी एवम समजासेवी निम्मी थापा र इन्जिनियर दिपु उप्रेती लगायतलाई धन्यवाद दिए ।

प्रतिक्रिया